Section 4
दर्ताको प्रमाणपत्र
प्रत्येक नेपाली पानी जहाजले पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम प्राप्त
दर्ताको प्रमाणपत्र साथमा राख्नु पर्छ । त्यस्तो प्रमाणपत्रले सो पानी जहाजको राष्ट्रियता,
लगाइएको काम र नौपरिवहनको श्रेणी प्रमाणित गर्नेछ र त्यसमा पानी जहाजको स्वामित्व र सो
पानी जहाजलाई लगाइएको दायित्व (चार्जेज) र प्रतिबन्धहरु (रेष्ट्रिक्शन्स) अभिलिखित हुनेछ ।